images

सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद

 सिरहा फाल्गुन- सिरहा प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको गोलबजार नगपालिका–१० कमलदह नजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।

बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीलाई देखेर बन्दुक फाली भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले स्पेस समाचारलाई जानकारी दिए । उनले विशेष सूचनाको आधारमा प्रहरी पुगे पनि उनीहरु बन्दुक फालेर भागेको जनाए ।

बन्दुक फालेर भागेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी पाण्डेकाे भनाइ रहेकाे छ ।