images

सिरोहिया पक्राउ हुँदा प्रजातन्त्र तलमाथि हुँदैनः ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ हुँदैमा प्रजातन्त्र तलमाथि नहुने प्रस्ट पारेका छन् । उनले अध्यक्ष कैलाश सिरोहियालाई समाचारको विषयमा पक्राउ नगरिएको बताए ।

बिहीबार झापा–५ अन्तर्गत एमाले दमक नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई उद्घाटनका क्रममा ‌ ओलीले रहेका ओलीले यस्तो बताएका छन् ।

अध्यक्ष ओलीले भने, ‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि ! त्यही भइराखेको छ । त्यसो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ । उनलाई जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर चर्चा भइरहेको छ,’ ओलीले अगाडि भने, ‘कुनै पत्रकारमाथि फौजदारी अभियोग छ ?  मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यस्तो समाचार प्रकाशित गरियो ? किन यस्तो बोल्यो भन्ने विषय होइन, सिरोहिया पक्राउ प्रकरण । विषय त अर्कै छ । फौजदारी कुरा होला त्यो त। यसबारेमा सरकारले छानबिन गर्नुपर्ने देख्यो‘।, त्यही भएर अनुसन्धानमा तानेको हुनुपर्छ ।’

उनले फौजदारी अभियोगमा एक जना व्यक्ति समात्दैमा प्रजातन्त्र तलमाथि नहुने पनि बताए ।