images

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला एक लाख तीन हजार आठ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार तीन सय थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ९० तोकिएको महासङ्घले जनाएको छ ।