images

स्वास्थ्य सेवालाई रूपान्तरण गर्दै लैजाने विषयमा सरकार संवेदनशील छ: स्वास्थ्य मन्त्री यादव 

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य सेवालाई रूपान्तरण गर्दै लैजाने विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।
जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन एशोसिएशनको आयोजनामा शुक्रवारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सम्मेलनले निकाल्ने निष्कर्ष नेपाल सरकारका लागि पनि उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।
उपप्रधानमन्त्री यादवले नेपालमा पर्याप्त मात्रामा स्वास्थ्य जनशक्ति नरहेको अवस्थामा स्वयंसेवी संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने गरेको स्मरण पनि गराएका छन् ।