images

हवाई उडान सुरक्षाका लागि पाइलट कर्तव्यनिष्ठ हुनुपर्छ: पर्यटन मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाई उडानमा पाइलट कर्तव्यनिष्ठ भए उडान सुरक्षित हुने बताएका छन् ।

बिहीबार वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री पाण्डेले हवाई उडान क्षेत्रका जनशक्तिहरू अनुशासनमा रहन आवश्यक देखिएको धारणा राखेका छन् । उनले पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटीमा कर्तव्यनिष्ठ भएर काम गरे हवाई दुर्घटना कम हुने बताएका छन् । मन्त्री पाण्डेले नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरू सुरक्षित रहेका विश्वलाई सन्देश दिन जरुरी रहेको पनि औँल्याएका छन् ।

उनले भने,‘नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरू सुरक्षित छन् । विदेशी पर्यटकहरू ढुक्कले नेपालमा आउनुस् । नेपालका हेलिकप्टर र जहाजले दिने सेवामा दुबिधा हुँदैन भन्ने कुराको विश्वास दिलाउने काम हामीले गछौं । अब नेपाल हवाई उडान क्षेत्रको सुरक्षामा प्रतिविद्धताका साथ लागेको छ भन्ने विश्वमा सन्देश पुर्‍याउन आवश्यक छ । नेपाल माथि प्रश्न गर्नुपर्दैन भन्ने वातावरण बनाउनु विदेशी एयरलाइन्सहरूले सहयोग पुर्याउनुपर्ने छ । पछिल्ला दिनहरुमा हवाई सुरक्षाको चुनौतीहरू मुलुकका लागि ठुलो चुनौतीको विषय हो । यो एयलाइन्सहरुले आम मानिसहरूलाई हवाई उडानमा सुरक्षा दिन्छौँ र हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छ भन्ने कुरामा प्रश्न गर्नुपर्दैन । भन्ने कुरालाई विश्वासमा दिन सक्नुपर्छ । हवाई उडान क्षेत्रका मुख्य गरेर जनशक्तिहरू आत्मा अनुशासनमा रहन्छौँ भन्ने कुरा हो । पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटी कति कर्तव्यनिष्ठ छ भन्ने कुरामा निर्भर हुन्छ । दायित्वलाई कर्तव्यनिष्ठ हुन जरुरी छ ।’

उनले हवाई दुई घटना सम्बन्धी हुने छानबिनलाई पनि वास्तविकता खोज्न जरुरी रहेको बताएका छन् । मन्त्री पाण्डेले विगतमा भएका हवाई दुर्घटनाको छानबिन समितिले गरेका छानबिनलाई समीक्षा आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।