काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषदमा १७ जना मन्त्रीकाे जिम्मेवारी तोकिएको छ । माओवादी केन्द्रबाट दोहोरिएका दुईमन्त्रीले भने पूरानै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा दोहोरिएका मन्त्री हुन् । बस्नेतलाई उर्जा र शर्मालाई सञ्चारमन्त्रालयको जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्रीहरूले आजै ५ बजे शपथ ग्रहण गर्ने भएका छन् ।
हेर्नुहोस् कसले कुन मन्त्रालय पाए सूचीसहित
एमाले
रघुवीर महासेठ-उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी-कानुन, न्याय तथा संसदीय मामिला
हरि उप्रेती-रक्षा
भगवति चौधरी-महिला बालबालिका
राजेन्द्र राई-खानेपानी
दामोदर भण्डारी-उद्योग
ज्वालाकुमारी साह-कृषि
बलराम अधिकारी-भूमि व्यवस्था तथा सहकारी
माओवादी
नरायणकाजी श्रेष्ठ-उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन-अर्थ
शक्ति बस्नेत-उर्जा
रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि
हितबहादुर तामाङ-पर्यटन
रास्वपा
रवि लामिछाने-उपप्रधान तथा गृह
डीपी अर्याल-श्रम तथा राेजगार
विराजभक्त श्रेष्ठ-युवा तथा खेलकुद
सुमना श्रेष्ठ-शिक्षा