images

एकैदिन प्रतितोला दुई हजार रूपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रूपैयाँले घटेर एक लाख ४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ४५ रूपैयाँले घटेर १ हजार ३२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।