images

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

काठमाडौं– मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् ।

आइतबार मन्त्रीहरू भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा दिएका थिए । बिना विभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले राजीनामा दिएका हुन् ।

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । सत्तारुढ दलका दुई मन्त्रीको राजीनामापछि मुख्यमन्त्री यादवलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

मधेश प्रदेशबाट नेकपा एमालेले पनि सत्ताबाट बाहिरिने उद्घोष गरिसकेको छ ।