images
images

‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएकी साम्राज्ञीले भनिन, ‘मैले मेरो कुरा मामुसँग भनेकी थिए’

काठमाडौं, २१ साउन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफैले अभिनय गरेको फिल्म ‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएको बताएकी छन् । राजधानीमा सोमबार गरिएको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै साम्राज्ञीले चलचित्र मारुनीमा अाफूले पहिलेभन्दा फरक र राम्राे अभिनय गरेकाे दावी पनि गरेकी छन् ।

साेमवार एक कार्यक्रममा बाेल्दै साम्राज्ञीले भनिन्, ‘यो फिल्मको कथा सुन्दा नै ममा कस्तो एक्साइटेड थियो, त्यो कथा मैले मामुलाई सुनाएँ, साथीहरुलाई सुनाएँ, उहाँहरुले पनि यो फिल्ममा अभिनय गर भनेर सल्लाह दिनुभयो ।’

आफन्तले अभिनय गर्न हौसला दिए पनि आफूलाई भने यो फिल्ममा काम गर्न डर लागेको उनले बताइन् । ‘मलाई सबैले बोल्ड भन्नुहुन्छ, यसमा त डायलग नै बोल्ड थिए, सक्दिन कि भन्ने लागेको थियो, तर निर्माण टिमले धेरै सपोर्ट गर्नुभयो,’ साम्राज्ञीले भनिन्, ‘नवल दाइ र पुनम दिदीले दिनुभएको हौसलाले मलाई सहयोग पुग्यो ।’

साम्राज्ञीले आजसम्म अभिनय नगरेको भूमिका चलचित्र ‘मारुनी’ मा निभाएको बताइन् । उनले यो फिल्मको कथाले सबैको मन जित्ने विश्वास पनि गरिन् ।

नवल नेपाल निर्देशित यो फिल्ममा पष्प खड्का र साम्राज्ञीको जोडी रहेको छ । फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । फिल्ममा रेविका गुरुङको पनि शीर्ष भूमिका छ । आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील क्षेत्री लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS