ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

‘संविधानको परिधिमा रही न्याय सम्पादन गर्नुपर्छ’

‘संविधानको परिधिमा रही न्याय सम्पादन गर्नुपर्छ’

स्पेस संवाददाता

कलैया, १४ भदौ । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले संविधानको परिधिमा रही न्यायिक समितिले न्याय सम्पादन गर्दा न्यायालयप्रतिको भरोसा अझै बुलन्द हुने बताएका छन् ।

आज वीरगन्जमा आयोजना गरिएको ‘स्थानीय न्यायिक समितिको अवसर तथा चुनौती’ विषयक कार्यशाला गोष्ठीमा उनले दलगत स्वार्थभन्दा माथि उठेर निस्वार्थ भावनाले न्याय सम्पादन गर्दा नागरिकमा ठूलो विश्वास सिर्जना हुने बताए । उनले विचौलियाबाट टाढा रहन सुझाव दिए । अहिले पनि २० प्रतिशत मुद्दा मात्र अदालतसम्म आउने गरेको चर्चा गर्दै मुख्य न्यायाधीश आचार्यले गम्भीर प्रकृतिका मुद्दासमेत गाउँ समाजमै मिलापत्र हुने गरेको र त्यसो नगर्न नगराउनका लागि न्यायिक समिति गम्भीर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पर्सा जिल्ला अदालतका न्यायाधीस विष्णुप्रसाद अर्याल, उच्च बारका अध्यक्ष सुधीर कर्ण, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, अधिवक्ता राजेश मल्लिक, बारा बारका महासचिव रफिक मियाँ, प्रहरी निरीक्षक लक्ष्मण गिरीलगायतले आ–आफ्नो धारणा राखेका थिए । सहभागिलाई मुख्य न्यायाधीश आचार्य, अधिवक्ता मल्लिक र थर्ड एलाइन्सका कार्यकारी निर्देशक मोहन कर्णले प्रशिक्षण दिए ।