![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2021/11/Dohori-ko-Raja-1.jpg?fit=900%2C506)
काठमाडौं । पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतमा नयाँ नयाँ शैली प्रयोग हुने गरेका छन् । यसैक्रममा राजतन्त्रका पालामा दरवार भित्र हुने संस्कृतिको झल्को दिने गरी दोहोरीको राजा सार्वजनिक भएको छ ।
गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागि गराइने गीत संगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइपहिले पहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गरिन्थ्यो । त्यही शैलीलाई यस गीतमा देखाइदिएको छ ।
जसमा राजाले आफनो चेलीकालागी बर खोज्न यस्तै मञ्चनहरूमाप्रतिस्पर्धा माध्यमचलाउने गरेका थिए । जुन पुरानै दरबार शैलीको कुरालाई यस गीतमा राम्रोसँग प्रस्तुत गरेको देख्न सकिन्छ ।
सोहीगीतमाजुगारी जित्नेलाई आफनो चेलीदिने र हारेमा घर ज्वाइँ बस्नुपर्ने सर्त राख्छन् सोही सर्त कसैलाई मन्जुर नभएपछि उनले त्यो गीत सभा नै समापनगर्ने भन्छन् त्यत्तिकैमा अर्को ठाउको राजा आएर उनको शर्त अनुसार जुहारी खेली चेली लान तयार भएको देख्न सकिन्छ ।
गीतमा अञ्जली अधिकारी, लोमुस शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतले अभिनय रहेको गीतमा गायक पशुपति शर्मा र लक्ष्मी मल्लले स्वर रहेको छ । सोही गीतमा सन्तोष राजवाहक कोरियोग्राफर छन् भने उत्सव दाहालले छायाकंन गरेका छन् । उक्त गीतमा निशान कश्यपको सम्पादन र निर्देशन रहेको छ ।