images

शाओमीद्वारा सांगीतिक उपकरण र खेलकुद सामग्री सहयोग

काठमाडौं । शाओमीले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरू उपलब्ध गराएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले डीएसए स्कुलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रमबारे बोल्दै पंडाले भने, ‘हामी सधैँ समुदायको उत्थान गर्ने कुरामा विश्वास गर्छौँ । व्यापारको साथसाथै समुदायप्रतिको हाम्रो दायित्वको बारेमा हामी सचेत छौँ । यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने मलाई विश्वास छ ।’