ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

रुसको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

स्पेस संवाददाता

रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ । स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाए अनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो।

आगो ३, ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो। घटनाबारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउन बाँकी छ ।