images
images

सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक (भिडिओ)

काठमाडाैं । फिल्म ‘सोल अफ द कमान्डो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलबाट ‘जिन्दगी को’ बोलको गीत अडिओ सार्वजनिक गरिएको हो।

आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको कथा खुल्ने भएकोले अडिओ गीत मात्र सार्वजनिक गरिएको निर्माण टिमले बताएका छन्।

राजेश पायल राईको स्वर रहेको गीतमा सन्तोष दुमी राईको संगीत छ भने गीतको शब्द रचना फिल्मका मुख्य अभिनेता राजकुमार राईको रहेको छ।

राजकुमार राईले २४ वर्षपछि फिल्म ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन गरेका हुन्। उनले सन् १९९८ मा फिल्म ‘कमाण्डो’ मा मुख्य भूमिकाको रुपमा काम गरेका थिए। अहिले पनि उनलाई मुख्य भूमिकामा नै देख्न सकिन्छ।

युवराज राईले निर्देशन गरेको फिल्ममा शिशिर वांगदेल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनिका राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा मिलन राईले तयार पारेका हुन्।

सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको फिल्मको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन्।

दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका हुन्।

https://www.youtube.com/watch?v=nnmFptFtLBo

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS