images

उदितनारायण र आदित्यको स्वरसमेत रहेको दीपाको गीति संग्रह झिलमिल सितारा सार्वजनिक

काठमाडौं । लामो समयपछि चर्चित गायिका दीपा झा एकल गीति संग्रह मार्फत एकपटक पुन स्नेपाली सागीतिक दुनियामा कमब्याक भएकी छिन । मुम्बईको ब्यस्त जिवनबाट केहि दिनको लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह ‘झिलमिल सितारा’को बिहिबार लोकार्पण गरिएको हो ।

होटेल याक एण्ड यतिमा म्युजिक नेपाल द्वारा आयोजित एक कार्यक्रम बीच बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा, गीतकार एसपी कोइराला, संगीतकार आलोकश्री, म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा र गायिका दीपा झाले सयुक्त रुपमा गीति एल्बम सार्वजनिक गरे । प्रतिष्ठित संगीतकार आलोकश्री द्वारा संगीतबद्ध गीति एल्बममा ८ वटा गीतहरु समाबेश गरिएको छ ।

एसपी कोइराला, मुकुन्दराज शर्मा, आलोकश्री, तिर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ र अनिता प्रधानको शब्द रचना रहेको एल्बम ‘झिलमिल सितारा’ मा दीपाले दुईवटा गीतमा श्रीमान उदितनारायण र एउटा गीतमा छोरा आदित्यनारायणसंग युगल स्वर दिएकी छिन।

कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्मा,बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा,गीतकार एसपी कोइरालाले नेपाली सागीतिक छेत्रको विकासमा झा परिवारको योगदानको चर्चा गर्नु भएको थियो ।

साथै कार्यक्रममा एल्बममा समाबेश गीत ‘हे माया’को भिडियो समेत प्रदर्शन गरिएको थियो । आलोकश्रीकै शब्द, सगीत र भिडियो निर्देशन समेत रहेको म्युजिक भिडियोमा सुरज गराज र अस्मिता पन्तको अभिनय रहेको छ।

‘झिलमिल सितारा’ का सम्पूर्ण गीतहरुलाई म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्दा बढी विभिन्न डिजिटल प्लेटफर्महरु मार्फत सुन्न सकिन्छ ।

कार्यक्रममा म्युजिक नेपालका अध्क्षय सन्तोष शर्माले गायिका दीपा झा र गायक उदितनारायण झाको गायन मार्फत संकलित रोयल्टी एकमुस्ट रुपमा गायिका दीपा झालाई हस्तान्तरण गर्नु भएको थियो।