images

बाग्मती प्रदेश सरकारले लगायो मन्त्रीहरुको टुंगो

काठमाडौं । बाग्मती प्रदेश सरकारले मन्त्रीहरुको टुंगो लगाएको छ ।

प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीसहित ४, नेकपा (एमाले) ले ४ र राप्रपाले ३ मन्त्री पाउने भएका छन् । सहमति भएअनुसार नै दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई मन्त्रीका रुपमा पठाउने भएको छ ।

त्यस्तै, माओवादीले मन्त्रीमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने छ ।