
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न एमाले अध्यक्ष केपी ओली बालुवाटारमा पुगेका छन् ।
दुई दिनअघि प्रचण्डसँग छलफल गरेका ओली फेरि भेटघाटका लागि बालुवाटार पुगेका हुन् ।
दलहरूको ध्यान राष्ट्रपतिको चुनावमा केन्द्रित भइरहेका बेला ओलीले लगातार प्रचण्डलाई भेटेका हुन् । सत्ता गठबन्धनको भागवण्डामा राष्ट्रपति एमालेको भागमा परेको छ ।
भेटमा राष्ट्रपतिको चुनाव, सरकार सञ्चालनलगायत विषयमा छलफल हुने बुझिएको छ ।