images

हुस्सु र कुहिरोबाट जनजीवनमा प्रभाव पर्नसक्ने भन्दै सावधानी अपनाउन आग्रह

काठमाडौं । तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोबाट सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।

ति स्थानमा बिहानीपख हुस्सु र कुहिरोबाट जनजीवनमा प्रभाव पर्नसक्ने भन्दै भहाशाखाले पार्नसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।