
काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार दिउँसो बैठक शुरु भएको हो ।
बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुनेछ ।
आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ।