
एजेन्सी । म्यानमारमा अफिम उत्पादन नौ वर्ष यताकै उच्च भएको छ। सन् २०२२ मा झण्डै ७ सय ९५ मेट्रिक टन अफिम उत्पादन भएको हो।
यसअघि सन् २०२१ मा चार सय २३ मेट्रिक टन अफिम उत्पादन भएको थियो ।
संयुक्त राष्ट्र सङ्घले बढ्दो आर्थिक सङ्कट र असुरक्षाका कारण अफिम उत्पादन बढेको अनुमान गरेको बीबीसीले जनाएको छ।