
एजेन्सी । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने भएको छ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी मे ११ बाट तीन वर्षदेखि देशमा जारी कोभिड-१९ रोकथामका लागि लगाइएका दुई वटा आपतकाल अन्त्य गर्न लागेका हुन्।
पछिल्लो समय विश्वका अधिकांश मानिसहरू सामान्य अवस्थामा फर्किएको भन्दै ह्वाइटहाउसले राष्ट्रिय आपतकाल र सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा अन्त्य गर्न लागेको हो।