
एजेन्सी । सिरियामा भूकम्पले भत्काएको भग्नावशेषबाट नवजात शिशुको ३० घण्टापछि जीवितै उद्धार गरिएको छ ।
उद्धारकर्मीहरुले भूकम्प गइसकेपछि भग्नावशेषमुनि जन्मिएका शिशुको जीवितै उद्धार गरेपनि भूकम्पमा परेर आमाको आमा मृत्यू भएको बीबीसीले जनाएको छ ।
आमा मृत अवस्थामा र शिशु जीवितै भेटेको र अहिले शिशुको स्वास्थ्य अवस्था स्थिर रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भग्नावशेषमा जन्मिएकी ती शिशुलाई धुलोले ढाकेको अवस्थामा भग्नावशेषबाट निकालिएको भिडियो सार्वजनीक भएको छ ।
भूकम्पमै परेर ती शिशुका बुवा, चार दाजुभाइ र एक काकीले पनि ज्यान गुमाएका छन् ।