images
images

दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट संचारकर्मी लुईटेल सम्मानित

काठमाडौं । भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड बाट नेपाली वरिष्ठ संचारकर्मी राजेन्द्र लुईटेल (राज) सम्मानित भएका छन् ।

दुई दशकदेखि संचारक्षेत्रमा सक्रिय लुईटेलले नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष योग्दान गरेक कारण उक्त अर्वाडबाट सम्मान गरिएको भारतीय सञ्तचार माध्यमहरुले जनाएका छन् ।

फाल्के ईण्डियन टेलिभिजन अवार्ड भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डद्वारा लुईटेललाई सम्मान गरिएको हो ।

भारतको मुम्बईमा भएको सम्मान कार्यक्रममा पुलीसका कमिश्नर पुलीस चिफ संजय पटेल, भारतका प्रतिष्ठित वरिष्ठ संचारकर्मी अखिलेश सिंह तथा चर्चित टेलिभिजनअभिनेत्री चांदनी शर्माले संयुक्त रुपमा लुईटेललाई सम्मान प्रदान गरेका थिए ।

छापा पत्रकारिता मार्फत संचारमाध्यममा आवद्ध भएका लुईटेल हाल राष्ट्रखबर डटकम, राष्ट्रखबर पत्रिका, तथ्यखबर , राष्ट्रपत्र, ग्यालेक्सिदैनिक,पेजेन्ट नेपाल लगायत संचारमाध्यमका प्रमुख हुन । कार्यक्रम व्यबस्थापन संघ नेपालका उपाध्यक्ष समेत रहेका लुईटेल गिनिज वल्र्ड रेकर्डस,अमेरिका वल्र्ड रेकर्डस अफ बुक, युरोपियन वल्र्ड रेकर्डस, ब्रिटिश वल्र्ड रेकर्डस अफ बुक लगायत बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानबाट सम्मानित भईसकेका छन ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS