
काठमाडौं । होली पर्व मनाएको भन्दै मुस्लिम समुदायको भिडले पाकिस्तानमा हिन्दुहरूमाथि आक्रमण गरेको छ ।
अल्पसंख्यक हिन्दु समुदायका विद्यार्थीमाथि मुस्लिम विद्यार्थीहरूले आक्रमण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
पञ्जाव विश्वविद्यालयको ल कलेज परिसरमा आक्रमण हुँदा १५ हिन्दु विद्यार्थी घाइते भएका छन् । कट्टरपन्थी इस्लामी विद्यार्थी समूहले होली मनाइरहेका ३० विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ ।