images
images

दशौँ म्युजिक खबर अवार्डको उत्कृष्ट ५ जनालाई प्रमाणपत्र वितरण

काठमाडौंँ । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा सिर्जना मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच पूर्व उपप्रधान, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनले विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरेका हुन् ।

अवार्डका अध्यक्ष सुमन बैरागीले अवार्ड निष्पक्ष र सम्मानयोग्य बनाउन क्रियाशील रहेको बताउँदै अवार्डको गरिमालाई सदैव कायम राख्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा गायक शिव परियार, युवराज चौलागाई, प्रकाश तिमिल्सिना, सरोज कोइराला, मौसम गुरुङ, रञ्जित परियार, बालकुमार श्रेष्ठ, बादल घिमिरे, ईश्वर सिंह, गायिका कालिका रोका, अन्जु श्रेष्ठ, ऋतु कँडेल, संगीतकार दिपकराज विश्वकर्मा, अनिर मास्के, योगेशकाजी शाह, चिरञ्जीवी भण्डारी, मोडल समिक्षा क्षेत्री, जीबी चिरन, रमेश थापा, निक्स शर्मा, अनु पराजुली, रविना भण्डारी लगायतका दर्जनौं स्रष्टा, कलाकार, प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साहित्य, कलासँग जोडिएका संचारकर्मी, साहित्यकार, कलाकारलाई पनि सम्मान गरिएको थियो ।

म्यूजिकखबर साहित्य सम्मानबाट साहित्यकार मालिका केशरी, म्यूजिक खबर कला सम्मानबाट चित्रकार सुमिना श्रेष्ठ, म्यूजिक खबर विशेष पत्रकारिता सम्मान नेमिष गौतम र राजु बोहरा, म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार एलिना खनाल, अरविन्द्र गौतम र प्रकाश बराइलीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको फाइनल कार्यक्रममा सम्मान गरिने विभिन्न स्रष्टाहरुको पनि नाम घोषणा गरिएको थियो । म्यूजिक खबर दीर्घ साधना सम्मानबाट अग्रज गायिका तीर्थकुमारी थापालाई सम्मान गरिने भएको छ भने दशकको सम्मानबाट गायक भोजराज काफ्ले र गायिका निशा देशारलाई सम्मान गरिने भएको छ । त्यस्तै म्यूजिक खबर युवा प्रतिभा पुरस्कारबाट गायिका मनिषा पोखरेललाई सम्मान गरिने भएको छ भने म्यूजिक खबर डायस्पोरा संगीत सम्मानबाट वरिष्ठ गायक प्रेमराजा महतलाई सम्मान गरिने भएको छ ।

म्यूजिक खबर संगीत सम्मानबाट गीतकारद्वय राम अबिरल र रामचन्द्र ढकाललाई सम्मान गरिने भएको छ भने म्यूजिक खबर बालप्रतिभा सम्मानबाट गायिका आयुषा गौतमलाई सम्मान गरिने भएको छ । त्यस्तै म्यूजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार सानुकाजी श्रेष्ठ र चन्द्रमणि गौतमलाई सम्मान गरिन लागिएको हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS