
काठमाडौं । चीनका राष्ट्रपति सी जिनफिङले रुसको भ्रमण गर्ने भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका हुन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिएका छन्। भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।