
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू(भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी, मधेस र बागमती प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि पनि पहाडी तथा तराईका केही क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।