
काठमाडौं । सत्ता साझेदार १० दलले संसदमा सरकारले ल्याउने विधेयकमा एकमत भएर प्रस्तुत हुने निर्णय गरेका छन् ।
शनिबार बालुवाटारमा बसेको सत्ता साझेदार १० दलको बैठकले आइतबार सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकमा एकमत भएर प्रस्तुत हुने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै ६ चैतमा प्रधानमन्त्रीले संसदमा राख्ने विश्वासको मतको प्रस्तावमा पनि एकमत भएर समर्थन गर्ने सहमति भएको छ ।