images

‘ए’ डिभिजन लिगमा मनाङद्वारा एपीएफ २-१ ले पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले पुनरागमन जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङले एपीएफ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

मनाङको जितमा कमल थापा र सेदजामोल दाभ्लातजोनोभले एक एक गोल गरे ।

एपीएफका अर्मान्ड बिडोमले एक गोल गरे ।

खेलमा एक गोलको सुरुआती अग्रता उल्टाएर मनाङले जित निकालेको हो ।

३३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा कमल थापाले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याए । सुमित श्रेष्ठले एपीएफका बिकी तामाङलाई बिट गर्दै उपलब्ध गराएको पासमा कमलले वान टचमा गोल गरे ।

त्यसपछि खेलको ७२ औं मिनेटमा उज्वेकिस्तानका विंगर सेदजामोलले गोल गर्दै मनाङलाई २-१ को जित दिलाए ।