images

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट भएको निर्णय अनुमोदनका लागि कांग्रेस संसदीय दलको बैठक समेत बस्दै छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।