images

तिलोत्तमा गोल्डकपमा आज थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

काठमाडौं । २२ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच खेल हुँदैछ ।

खेल एन्फा टेक्निकल सेन्टर देविनगरमा दिउँसो ३ बजेदेखि सुरु हुँदै छ ।

आजको खेल जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । शनिवार भएको उद्घाटन खेलमा आयोजक रुपन्देही–११ लाई हराउँदै सुदूरपश्चिम–११ सेमिफाइनलमा पुगिसकेको छ ।

दुई विभागीयसहित आठ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छ । गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही ३० हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

म्यान अफ दी म्याचलाई पनि ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।