images

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनीत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनीत भएका छन् ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनीत गरेको हो ।

यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा बढुवा गरिएको बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । ४ मंसिरको चुनावमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेर पराजित भएका घनश्यास भुसाल पछि नेकपा एसमा प्रवेश गरेका थिए ।

बैठकले चार जना उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनी गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार केन्द्रीय सचिवालयको संख्या १९ पुर्‍याइएको छ ।