images

प्रधानमन्त्री दाहालले आज दोस्रो पटक बिश्वासको मत लिदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।

दिउँसो १ बजे बस्ने संसदको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत जितेका थिए । त्यतिबेला सदनको लगभग शतप्रतिशत मत पाए पनि अहिले एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।प्रचण्डले दोस्रोपटक पनि विश्वासको मत जित्ने निश्चित छ । तर एमाले र राप्रपाले विश्वासको मत नदिने भएपछि प्रधानमन्त्रीले २६ पुसमा पाएको प्रचण्ड बहुमत यसपटक कमजोर हुने देखिएको छ ।

कांग्रेस, नेकपा एस, रास्वपा, लोसपा र जसपा लगायतका दलले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।प्रचण्डले आफूले यसपटक त झनै शतप्रतिशत मत पाउने आशा राखेको बताएका छन् ।