images

यू-१७ महिला साफमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज सोमबारबाट बंगलादेशमा सुरु हुँदैछ ।

ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआतको योजनामा रहेको छ । भारत पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।

सोमबार हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ । यस्तै नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दा अर्को आइतबार रुससँग खेल्नेछ । नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।