images

प्रतिनिधि सभाको बैठक शुरु, प्रधानमन्त्री दाहालले विश्वासको मत लिंदै

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिंदैछन् ।

गत पुस १० गते नेकपा एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका दाहाल र उनको पार्टी नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि एमालेले दाहाललाई प्रधानमन्त्रीमा दिएको समर्थन फिर्ता लिएको थियो । दाहालले एमालेसहितको गठबन्धन भएका बेला यसअघि पहिलो पटक गत पुस २६ मा संसदमा विश्वासको मत लिएका थिए ।

अहिले कांग्रेस सहितको अर्को समीकरण बनेपछि दाहालले दोस्रो पटक सोमबार विश्वासको मत लिन लागेका हुन् ।