images

चितवन-२ उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जनाको नाम सिफारिस

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ ।

आईतबार बसेको चितवन कांग्रेस बैठकले उपनिर्वाचनको उम्मेद्‍वारका लागि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश श्रेष्ठसहित ११ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले श्रेष्ठसहित देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठलाई केन्द्रमा सिफारिस गरेको हो ।