images

कर्मचारीले गरे सिभिल अस्पताल प्रशासनमा तालाबन्दी

काठमाडौं । सिभिल अस्पतालका कर्मचारीले अस्पताल प्रशासनमा तालाबन्दी गरेका छन् ।

सोमबार एक विरोध कार्यक्रम गर्दै उनीहरुले कार्यकारी निर्देशक, मेडिकल डिभिजन र आर्थिक तथा प्रशासन विभाग प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन भएलगत्तै उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

अस्पतालले फागुन ३० गते सूचना प्रकाशन गरेर विभिन्न पदमा ३ सय ५० भन्दा बढी कर्मचारी माग गरेको थियो । अस्पतालले गरेको यो विज्ञापनलाई लिएर हरेक दिन उनीहरुले १ बजेदेखि १५ मिनेटसम्म धर्ना दिँदै आएका थिए ।

कर्मचारी युनियन, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य कर्मचारी महासंघ र डाक्टर्स एशोसिएसनले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

माग सम्बोधन नभए रिले अनसनमा जाने उनीहरुको तयारी छ । अस्पतालमा लामो समयसम्म कार्यरत कर्मचारीहरुको स्थायित्व र उपयुक्त वातावरणमा काम गर्न पाउने अवसर पाउनुपर्ने मागसहित उनीहरु आन्दोलित भएका हुन् । मंगलबारदेखि रिले अनसनको कार्यक्रम सुरु गर्ने उनीहरुको तयारी छ ।