images

सिंगो सदन नै प्रधानमन्त्री प्रचण्डको विपक्षमा उभिनुपर्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंगो सदन नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा उभिनुपर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एमाले उपाध्यक्ष पौडेलले एमालेले मात्रै नभएर सिंगो सदन नै प्रधानमन्त्री प्रचण्डको विपक्षमा उभिनुपर्ने बताएका हुन् ।

‘एमालेले विश्वास त प्रधानमन्त्री प्रचण्डजीलाई विश्वासको मत दिन सक्दैन,’ उनले भने-‘एमाले मात्रै होइन, ‘सिंगो सदन प्रधानमन्त्री प्रचण्डको विपक्षमा उभिनुपर्छ ।’