images

नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचतगर्ने मुलुकमा पर्ने बताएका छन् ।

सोमवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृति रहेको बताए । उनले मुद्रालाई वचत गर्न जरुरी रहेको भन्दै वचतबाट नै आम्दानी बढ्ने दाबी गरे ।

उनले राष्ट्रिय वचतको अनुपात आधारमा हेर्दा वचतको रेट कमजोर रहेको बताए ।