images

लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्याधीवक्ता कार्यालयको निर्णय

काठमाडौं । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने जिल्ला सरकार वकिल कार्यालय र उच्च सरकारी वकिलको कार्यालयको निर्णयलाई महान्याधीवक्ता कार्यालयले सदर गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले निर्णय लिने वित्तिकै उच्च र महान्यायाधीवक्ता कार्यालयबाट पनि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गराइएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको दोहोरो राहदानीको प्रकरणमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रहरीको प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालयले दिएको थियो।

महान्यायाधीवक्ता दीनमणि पोखरेलको निर्णयबारे जानकारी दिँदै प्रवक्ता सञ्जिवराज रेग्मीले भने, ‘उच्च सरकारी वकिल कार्यालयबाट मुद्दा नचलाउन भएको निर्णय महान्यायाधीक्ता कार्यालयबाट पनि सदर भएको छ।’

अमेरिकी नागरिकता र पासपोर्ट हुँदाहुँदै लामिछानेले सन् २०१५ मा निष्क्रिय भएको नेपाली नागरिकताको आधारमा ०८८३४८३८ नम्बरको राहदानी लिएका थिए।

अमेरिकी नागरिकता र पासपोर्ट हुँदाहुँदै आफूले नेपालको पासपोर्ट लिएको लिखित जवाफ उनले सर्वोच्च अदालतसहित राज्यका महत्वपूण निकाय समक्ष स्वीकार गरेका छन्। अध्यागमन विभागबाट पनि उनले पासपोर्ट लिएको पुष्टि हुन्छ।

झुठा विवरण पेश गरी राहदानी लिएमा पचास हजारदेखि एक लाखसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म जेल वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।