images

प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने भएको छ । सोमबारको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएसँगै सभामुख देवराज घिमिरेले चैत १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

जसअनुसार बैठक चैत १२ गते अपराह्न १ बजे बस्ने छ । झण्डै साढे ४ घण्टा चलेको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका छन् । यस्तै नेकपा एमाले रूपमा प्रमुख प्रतिपक्षी दलको रूपमा दर्ज भएको छ।