
काठमाडौं । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भजनी–९ की १५ वर्षीया चाहना चौधरी र ४५ वर्षकी दिलरानी चौधरीको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।
गए राति जोशीपुर गाउँपालिका–७ हजारीबारामा ट्याक्टर दुर्घटना भएको थियो ।
बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक सुरज चौधरीले फरार छन् ।