
काठमाडौं । नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ र हावाहुरी अनि असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। देशको पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।