images

जनसरोकारको विषय पहिचान गर्न स्थानीय कमिटीलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ ।

एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताए ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उनले चैत्रको २० गतदेखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराए ।

पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरुले रिर्पोटिङको कामलाई अघि बढाउनुपर्ने उपमहासचिव रिमालको तर्क थियो ।