images

नेपाली काँग्रेसलाई कुनैपनि गल्ती गर्ने छुट छैन् : शेखर कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले नेपाली काँग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताएका छन् ।

मंगलवार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोईरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै डा.कोईरालाले यस्तो बताएका हुन् ।

नेता कोईरालाले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालीरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको जिकीर गरे ।

नेता कोईरालाले लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रुपमा लिएको बताए ।