images
images

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८–२०७९ सभा समक्ष प्रश्तुत गर्ने, भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।