images

दैलेखेमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । दैलेखेमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गुराँस गाउँपालिका ४ तालपोखरी बजारनजिक आज बिहान नेपालगञ्जबाट दैलेखका लागि ग्यास लिएर जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परि सहचालक प्रकाश कुमाई घाइते भएका छन् ।

दुर्घटनमा परी ट्रकका चालक ३० वर्षीय कृष्ण चौधरी र कामदारद्वय २५ वर्षीय लक्षिराम चौधरी र २२ वर्षिय विष्णु चौधरीको मृत्यु भएको हो ।

ट्रक सडकबाट झन्डै १५० मिटर तल खसेको थियो ।