images

कोशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।