images

७ महिनामा २ हजार भन्दा धेरै विद्युतीय सवारीसाधन आयात

काठमाडौं । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा २ हजार भन्दा धेरै विद्युतीय सवारीसाधन आयात भएको छ । २ हजार ७ वटा कार, जिप र भ्यान आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

यी गाडी आयात गर्दा ५६ अर्ब २९ करोड ९८ लाख ३ हजार रुपैयाँ बाहिरिएको छ भने १ अर्ब ५८ करोड ३६ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा १ हजार १ सय ९१ वटा मात्र विद्युतीय सवारी साधन आयात भएको थियो ।