images

आजदेखि चैत्र नवरात्र सुरू

काठमाडौं । चैत्र शुक्ल प्रतिपदा अर्थात आजदेखि चैत्र नवरात्र सुरू भएको छ ।

हिन्दू धर्मावलम्वीहरु आश्विन र चैत्र गरी वर्षमा दुई पटक नवरात्रीमा देवी दुर्गाको विशेष पूजा गर्ने गर्दछन् ।

चैत्र शुल्क प्रतिपदाको दिनदेखि नवमीसम्म चैत्र नवरात्र कायम रहने छ । यस वर्ष बुधबारदेखि सुरू भएको नवरात्र चैत १६ गतेसम्म चल्ने छ ।

नेपालीहरु यो नवरात्रलाई चैते दशैंको रुपमा मनाउने गर्दछन् । बडादशैंमा जस्तै बुधबार शक्तिपीठहरूमा घटस्थापना गरेर नवरात्रका हरेक दिन शक्ति स्वरुपा दुर्गाका विभिन्न रूपहरूको पूजा गर्ने गरिन्छ ।

शक्तिपीठहरूमा पूजा गर्नुका साथै बलि दिने चलन पनि छ । नवरात्रीको अन्तिम दिन चैत १६ गते रामनवमी पर्व मनाइने छ । मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन रामनवमी मनाएसँगै चैत्र मासको नवरात्र सम्पन्न हुने गर्दछ ।